१२ श्रावण २०८१, शनिबार

१३ दिनकी सुत्केरी श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

कर्णाली अपडेट

सल्यान । सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् ।

जिल्लाको सिद्धकुमाख गाउँपालिका- ४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ बर्सिया श्रीमती केवलीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

धारिलो हतियारले घाँटी रेटेर श्रीमतीको हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले बताए ।

उहाँका अनुसार आज बिहान करिब ४ बजे सुत्ने कोठामा श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्महत्या गरेका हुन् । घटनाको अनुसन्धानका लागि डीएसपी कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

राना दम्पतीका १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेको प्रहरी प्रमुख कार्कीले जानकारी दिनुभयो । आइतबार मात्रै बनगाड कुपिण्डे-४ देउलीमा एक जनाले श्रीमतीको घाँटी रेटेर हत्या गरी श्रीमान् पनि झुन्डिएर आत्महत्या गरेका थिए । उनीहरूको पनि डेढ वर्षको छोरी र ३ छोराछोरी छन् ।

अभिभावक गुमाएपछि उनीहरूको पालनपोषणमा समस्या भएको छ ।

१ जेष्ठ २०८१, मंगलवार १२:३९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्