१२ श्रावण २०८१, शनिबार

सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

कर्णाली अपडेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि सभापति देउवाले विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।

संसद बैठकमा विपक्षी दलहरु साझा रुपमा प्रस्तुत हुने विषयमा बैठकमा छलफल हुने साथै शनिबार सरकारसँग सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्ने बारे अन्य विपक्षी दलहरुलाई जानकारी दिन बैठक बोलाइएको बताइएको छ ।

बैठक बिहान १० बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै छ । बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।

६ जेष्ठ २०८१, आईतवार ११:३२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्