१२ श्रावण २०८१, शनिबार

सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु

कर्णाली अपडेट

सल्यान ।  सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ४ घर भई हाल शारदा नगरपाकिला  ६ बरला बस्दै आइरहेका  ३१ वर्षीय हस्त बहादुर विष्ट भन्ने डनराज विष्टले  काका नाता पर्ने शारदा नगरपालिका २ स्याला बस्ने ४६ वर्षीय घनश्याम विष्टको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हस्त बहादुरले जेठ ४ गते शारदा नगरपालिका ६ स्थित राप्ती राजमार्गबाट तान्दै घिसार्दै घट्टेखोला पुल नजिकै  कुटपिट गरी घाइते बनाएका थिए । घाइते घनश्यामको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट एम्बुलेन्समा घरतर्फ ल्याउने क्रममा बिहीबार बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।

कुटपिट गर्ने भतिजालाई ५ गतेनै पक्राउ गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेकोमा काकाको मृत्यु पनि कर्तव्य ज्यान मुद्यामा हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाएको उहाँको भनाई छ ।

११ जेष्ठ २०८१, शुक्रबार १७:०२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्