१२ श्रावण २०८१, शनिबार

एक स्थानिय तह एक बाली बस्तु उत्पादन बिशेष कार्यक्रम बाट नलगाड  १२ र बारेकाेट ९ का करिव ७० घरधुरी लाभान्वित

सराेज वली

जाजरकाेट । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकाेटकाे एक स्थानिय तह एक बाली बस्तु उत्पादन बिशेष कार्यक्रम बाट नलगाड  १२ र बारेकाेट ९ का करिव ७० घरधुरी लाभान्वित भएका छन्। बाख्रा खाेर र भकाराे सुधार कार्यक्रमका लागि कार्यालयले २० लाख रकम विनियाेजन गरेकाे थियाे । साेही रकमबाट नलगाड नगरपालिका १२ काे बस्नेतगाउँ भैसीं पालन संचालन समिति लाइ भकाराे सुधार कार्यक्रम अन्तर्गत १० लाख अनुदान दिइएकाे थियाे   । समितिले १० लाख अनुदान बाट ३० घरधुरीमा भकाराे निर्माण  गर्नुका साथै २ वटा उन्नतजातका राँगा पनि खरिद गरिएकाे संचालन समितिका अध्यक्ष टिकाराम खत्रीले बताए ।

त्यसैगरि बारेकाेट गाँउपालिका ९ स्थित तुर्सेनी बाख्रापालन सञ्चालन समितिलाइ पनि १० लाख अनुदान दिइएकाे छ । उक्त अनुदान रकमबाट समितिले १४ वटा बाख्रा खाेर निर्माण गर्नुका साथै ४ वटा उन्नतजातका  बाेका खरिद गरिएकाे समितिका अध्यक्ष कृष्ण बुढाले बताए । उक्त कार्यक्रमबाट बारेकाेट ९ का ४० घरधुरी लाभान्वित भएकाे बुढाले बताए । त्यसैगरि कार्यक्रम लागु भएका क्षेत्रमा अनुगमन सम्पन्न गरिएकाे छ । अनुगमनमा जिल्ला समन्वय समितिका उप प्रमुख दल बहादुर सिंह, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, पशु अस्पताल तथा पशु सेवा कार्यालयका सूचना अधिकारी तिलक राना,  प्राविधिक र पत्रकारहरुकाे उपस्थित रहेकाे थियाे ।

१३ जेष्ठ २०८१, आईतवार १७:५२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्