१२ श्रावण २०८१, शनिबार

न्याय हेल्थ नेपालकाे आयोजनामा जाजरकोटमा निशुल्क हाडजोर्नी स्वास्थ्य शिविर हुने

कर्णाली अपडेट

जाजरकोट । कर्णाली प्रदेशको जाजरकोटमा निशुल्क हाडजोर्नी सम्बन्धि स्वास्थ्य शिबिर हुने भएको छ । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा शिबिर हुन लागेको हो ।

निशुल्क हाडजोर्नी स्वास्थ्य शिबिर यहि जेठ १७ गते देखि १८ गते सम्म ३ दिन चल्ने न्याय हेल्थ नेपाललले जनाएको छ । शिबिरमा बयालपाटा अस्पताल अछाममा कार्यरत बिशेषज्ञ अर्थोपेडिक सर्जन डा. मन्दिप पाठक, ह्याम्स अस्पताल काठमाण्डौँमा कार्यरत बिशेषज्ञ डा. भाष्कर राज पन्त र अर्थोपेडिक डा. रुपेश केसी लगायतको टिमले शिबिरमा उपचार सेवा दिने भएको छ ।

खासगरी भुकम्पबाट घाईते भएका र अन्य चोटपटक समेत बाट घाईते भएका हाडजोर्नी सम्बन्धीका बिरामीका लागि सहज होस् भनेर निशुल्क स्वास्थ्य शिबिर हुन लागेको न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकले बताए । हातखुट्टा भाँचिएका, टुटेकाहरुको शल्यक्रिया, रड लिकाल्ने तथा राख्ने र हड्डीमा संक्रामण भएको शिबिरमा उपचार गरिने उनले बताए ।

यसका साथै मानसिक रुपमा अस्वस्थ्य भएकाहरुलाई पनि मनोसामाजिक परार्मशदाताबाट परार्मश सहितको समेत शिविरमा उपचार गरिने डा. पाठकको भनाई छ । जाजरकोट जिल्लाका बिभिन्न ठाँउका नागरिकलाई जाजरकोट अस्पतालमा आएर सेवा लिन भेरी नगरपालिकाले आग्रह गरेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक दिपक ओलीले बताए ।

जाजरकोट स्थित भेरी नगरपालिका तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोट संगको समन्वय सहकार्य एवंम गिभ टु एसिया अष्टेलियाको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिने भएको हो । शिविरमा बयालपाटा अस्पतालमा १५ जना र जाजरकोट अस्पतालमा १२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले सेवा दिने भएका हुन् ।

१३ जेष्ठ २०८१, आईतवार १९:०८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्