२२ कार्तिक २०८२, शुक्रबार

लुम्बिनी-रारा सडक छेडा-बाटुले हुँदै जुम्ला जोडौँ : आर्थिक मामिला तथा योजना मन्त्री शाह

कर्णाली अपडेट संवाददाता

जाजरकोट । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले लुम्बिनी रारा सडकको जाजरकोट खण्डको रुट परिवर्तन गर्न प्रस्ताव गरेका छन् । मन्त्री शाहले सो सडकको हालको रुटबाट निर्माणको काममा ढिलाइ भएकोले रुट परिवर्तन गरी छेडा बाटुले हुँदै जुम्ला जोड्नु पर्ने प्रस्ताव गरेका हुन ।

जिल्ला समन्वय समिति जाजरकोटले आयोजना गरेको १३ औँ जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री शाहले विकासहरू एकै ठाउँ केन्द्रीकृत गर्न नहुने भन्दै ठाउँको अवस्था र आवश्यकता अनुसार परिवर्तन गर्नुपर्ने बताए ।

लुम्बिनी रारा सडकको जाजरकोट खण्ड हाल जिल्ला सदरमुकाम खलङ्गा हुँदै राङ्सी, पाँचकाटिया, कुशेबाट जुम्ला जोडिने गरी रुट तय भएको छ ।

मन्त्री शाहले भने ‘लुम्बिनी रारा सडकको राङ्सी क्षेत्रमा ठाउँको कारण निर्माण कार्यमा ढिलाइ भएको छ, उक्त सडकको क्षेत्राधिकार ५० मिटर रहेकोले गैरी खाली क्षेत्रको बस्ती नै उठ्नु पर्ने अवस्था आउँछ, त्यसैले यो सडक छेडा हुँदै बाटुलेबाट कुशे जोडेर जानु पर्छ ।’

उक्त सडकको रुट परिवर्तन गरी छेडाबाट लग्दा जिल्लाको पश्चिम क्षेत्रको विकासमा सहयोग पुग्ने मन्त्री शाहको भनाई छ ।

मन्त्री शाह जाजरकोटकाे प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन ।

१३ भाद्र २०८१, बिहीबार १६:४६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्