२६ मंसिर २०८१, बुधबार

जिल्लामा पहिलो पटक खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला स्थापना

सरोज वली

जाजरकोट जिल्लामा पहिलो पटक खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला स्थापना भएको छ ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र जाजरकोट खलङ्गा सह लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आर्थिक सहयोगमा उक्त प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

डब्लुएचओको प्राविधिक सहयोगमा सञ्चालन गरिएको प्रयोगशाला विभिन्न १२ वटा प्यारामिटरमा पानीको गुणस्तर जाँच गर्न सकिने उपभोक्ता समितिका अध्यक्ष किरण कुमार भण्डारीले बताए । जाजरकोटमा स्थापना गरिएको प्रयोगशाला कर्णाली प्रदेशकै दोस्रो हो । यस अघि यस्तो प्रयोगशाला सुर्खेतमा मात्रै रहेको थियो ।

उक्त प्रयोगशालामा डिस्टिल वाटर समेत उत्पादन गरिने अध्यक्ष भण्डारीले बताए । प्रयोगशालाको उद्घाटन गर्दै भेरी नगरपालिकाका मेयर चन्दप्रकाश घर्तीले खानेपानीको जाँचले उपभोक्ताहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए ।

दूषित खानेपानीको कारण विभिन्न रोग लाग्ने र त्यसले नागरिकको स्वास्थ्य सङै आर्थिक क्षेत्रमा समेत क्षति गर्ने भन्दै मेयर घर्तीले प्रयोगशाला स्थापना पछि खानेपानी मा शुद्धता ल्याइ स्वस्थ जीवन जिउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रयोगशाला मा आफ्ना उपभोक्ता लाई निःशुल्क रूपमा खानेपानीको गुणस्तर जाँच गरिने छ भने अन्य उपभोक्ता लाई शुल्क लिएर परीक्षण गरिने उपभोक्ता समितिका अध्यक्ष भण्डारीको भनाई छ । यस प्रयोगशालाबाट जाजरकोट सहित अन्य छिमेकी जिल्लाका नागरिकहरूले समेत सेवा प्राप्त गर्न सक्नेछन् ।

२५ कार्तिक २०८१, आईतवार १७:१७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्