६ जेष्ठ २०८१, आईतवार

सुबिसु केबलनेटद्धारा जाजरकोटका २ विद्यालयलाई सोलार वितरण

कर्णाली अपडेट

सुबिसु केबलनेटका सिइओ विनय मोहन साउद विद्यार्थीलाइ साेलार बितरण गर्दै ।

जाजरकोट । सुबिसु केबलनेटले भुकम्प प्रभावित क्षेत्र जाजरकोटका २ विद्यालयका १ सय ८० विद्यार्थीहरुलाई सोलार वितरण गरेको छ । आफ्नो २३ औं बार्षिक उत्सवको अवसर पारेर जाजरकोटको नलगाड नगरपालिका वडा नं ५ मा रहेको इन्द्रधनुष प्रा.वि पोखरा र सरस्वती प्रा.वि का करिव १ सय ८० विद्यार्थीहरुलाई सोलार सेट वितरण गरिएको हो । सुबिसु केबलनेटका सिइओ विनय मोहन साउद सहितको टोलिले भुकम्प प्रभावित क्षेत्रको विद्यालयमै पुगेर सोलार सेट वितरण गरेका हुन् ।

पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको सहकार्यमा सुबिस केबलनेटले उक्त विद्यालयलाई सोलार वितरण गरेको पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले बताए । सोलार वितरण गर्दे सुबिसु केबलनेटका सिइओ विनय मोहन साउदले भुकम्प प्रभावित क्षेत्रमा आएर यसरी बार्षिक उत्सव मनाउन पाएकोमा खशी व्यक्त गरे । बार्षिक उत्सवमा गरिने अनावश्यक खर्च कटौती गरि थोह्रै भएपनि भुकम्प प्रभावित बालबालिकालाई सहयोग गर्नुनै मानवीय धर्म रहेको पनि बताए ।

१७ पुष २०८०, मंगलवार १८:४७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्