१२ श्रावण २०८१, शनिबार

भूकम्पले चर्काएकै घरमा पीडितको बास

कर्णाली अपडेट

जाजरकोट । भूकम्पको जोखिम न्यूनीकरणबारे सचेतनाका गतिविधिसहित आज भूकम्प सुरक्षा दिवस मनाइँदै छ । तर जाजरकोटका भूकम्पपीडित अहिले पनि जोखिम मोलेरै चर्किएको घरभित्र बस्न बाध्य छन् ।

जाजरकोट भूकम्प गएको दुई महिना बढी भयो तर कतिपय पालिकाले अझै पनि अस्थायी आवासका लागि पहिलो किस्ता बापतको रकम वितरणमा ढिलाइ गरिरहेका छन् । जसका कारण अस्थायी आवास निर्माण नहुँदा चर्किंएकै घरभित्र बस्न बाध्य भएको भेरी नगरपालिका ३ का भूकम्पपीडित सिद्धिबहादुर पुनको बताउँछन् ।

गत कात्तिक १७ गते राति आएको भूकम्पले जाजरकोटका ३४ हजार ५ सय १ घरधुरीका एक लाख ७९ हजार ८९३ जनसंख्या प्रभावित भएका छन् । जिल्लामा हालसम्म ९ हजार ६३८ अस्थायी आवास बनेका छन् भने २२ हजार ४६१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ता बापतको रकम लगेका छन् ।

२ माघ २०८०, मंगलवार २१:०६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्