१२ श्रावण २०८१, शनिबार

राहदानीकाे अनलाइन आवेदन जिल्ला प्रशासनले निशुल्क भरिदिने

कर्णाली अपडेट

जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले राहदानी (पासपोर्ट) को अनलाइन आवेदन फाराम निःशुल्क भरिदिने भएको छ ।  सूचना जारी गर्दै प्रशासनले निःशुल्क अनलाइन आवेदन भर्ने व्यवस्था गरेको हो  ।

माघ १ गते देखि निःशुल्क अनलाइन आवेदन फाराम भर्ने व्यवस्था सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए ।

यसभन्दा अघि आउने सेवाग्राहीले चर्काे शुल्क तिरेर पासपोर्टको अनलाइन फाराम भर्ने गरेका थिए ।  सेवाग्राहीको मर्कालाई बुझेर कार्यालयले निःशुल्क भर्ने व्यवस्था गरेको प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए ।

May be an image of blueprint and text that says 'नेपाल सरकार गृह मन्त्रालय ०5९-४३०१३३ प्रशासन कार्यालय फोन ०5९-४३०१३० Email: jajarkotdao62@gmail.com 2@gmail.co जाजरकोट webste:www.daojajarkot.moha.gv.n प.सं. २०६०/५१ च.नं. जाजर मिति:- २०६०/१०/०२ सूचना! सूचना!! सूचना!!! विषय:राहदानी (ort) को अनलाईन आवेदन फाराम नि:शुल्क भर्ने सम्बन्धमा। यस जिल्ला प्रशासन कार्यालय जाजरकोटमा विगतमा राहदानी आवेदनका लागि आउने सेवाग्राहीहरुले बाहिरबाट नै शुल्क तिरेर अनलाईन फाराम भरि आउने गरेकोमा मिति २०५०/१०/०१ गते देखि यस कार्यालयबाट नै राहदानी आवेदनको अनलाईन फाराम नि:शुल्क भर्ने व्यवस्था मिलाईएको हुँदा सोही अनुसार सेवा लिनका लागि सम्बन्धित सवैको जानकारींका लागि यो सूचना प्रकाशित गरिएको छ| हरिश्वन्द्र शर्मा प्रशासकीय अधिकृत'

३ माघ २०८०, बुधबार १८:४६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्