१२ श्रावण २०८१, शनिबार

कार्यसम्पादनमा नलगाड नगरपालिका जाजरकोटको उत्कृष्ट पालिका

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका प्रशासनिक कार्यसम्पादन मूल्याङ्कनमा जाजरकोटकै उत्कृष्ट पालिका भएको छ । स्थानीय तहहरूको संस्थागत क्षमता स्व मूल्याङ्कन (लिजामा) नलगाड नगरपालिका प्रथम भएको हो ।

आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार ९५.५ प्रतिशत ल्याएर प्रशासनिक मूल्याङ्कनमा उत्कृष्ट भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराई बताए ।

विभिन्न सूचकहरूको मूल्याङ्कनको आधारमा आर्थिक वर्ष २०७९/०८० मा तय भएका कार्यक्रम र कार्य प्रगतिलाई मूल्याङ्कनको मुख्य आधार बनाएर प्रत्येक स्थानीय तहहरूलाई १०० पूर्णाङ्कमा निर्धारण गरी विभिन्न शीर्षकहरूमा मूल्याङ्कन गरिने अधिकृतभट्टराइको भनाई छ ।

१०० पूर्णाङ्कको मूल्याङ्कनमा नलगाड नगरपालिकाले ९५.५ अङ्क पाएको छ भने छेडागाड नगरपालिकाले ७७.५ पाएको छ ।

१२ माघ २०८०, शुक्रबार २०:०९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्