६ बैशाख २०८१, बिहीबार

जाजरकाेटमा बिहानै देखि वर्षा र हिमपात

कर्णाली अपडेट

फाइल फाेटाे

जाजरकाेट । जाजरकाेटका उच्च भेगमा हिमपात भएकाे छ ।  आज बिहानैदेखि  जाजरकाेटकाे बारेकाेट, कुशे, जुनिचाँदे लगाएतका क्षेत्रमा हिमपात भएकाे हाे ।

जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो।  ढिलोगरी हिमपात भएपछि हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् । गत कार्तिक १७ गते गएकाे भुकम्पले त्रिपालमुनी बसेका कतिपय भुकम्प प्रभावितलाइ भने लगातारकाे झरी र हिमपातले  दैनिकीमा थप कष्टकर बनाएकाे छ ।

१८ माघ २०८०, बिहीबार ०९:५९ मा प्रकाशित
Nabintech