१२ श्रावण २०८१, शनिबार

जाजरकाेट र रूकुम पश्चिमका १ सय ३१ भुकम्प प्रभावित लाइ अस्थायी आवास निर्माण गरि स्थानीयतह लाइ हस्तान्तरण

कर्णाली अपडेट

जाजरकाेट ।  स्टार्ट फण्ड नेपालको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र वल्र्ड भिजन इन्टरनेशनलको साझेदारीमा १ सय ३१ वटा अस्थायी आवासहरु निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । गत कार्तिक १७ गते राती जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकुम्पका कारण भएको भौतिक क्षतिको सामना गर्न स्टार्ट फण्ड नेपालको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र वल्र्ड भिजन इन्टरनेशनलको साझेदारीमा १ सय ३१ वटा अस्थायी आवास निर्माण गरेका थिए ।

भुकम्पले अस्त व्यस्त भएको जनजीवनमा सहजता ल्याउन जाजरकोट र रुकुम (पश्चिम) जिल्ला बिपद ब्यबस्थापन समितिको अनुमतिमा स्थानीय सरकारसंगको समन्वयमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ६ र रुकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिका वडा नं ४ मा १ सय ३१ वटा अस्थायी आवा निर्माण गरिएको थियो ।

अस्थायी आवास निर्माण कार्यक्रममा फलामे ट्रस सहितको रंगिन टिनको छाना र टिनकै भित्ता रहेको आवास सहित शौचालय र खानेपानी केन्द्र समेत निर्माण गरि हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवी पन्तले बताए । अस्थायी आवास निर्माण गर्न प्रति घरधुरी १ लाख ६२ हजार ५०० शौचालयका लागी १५ हजार र खानेपानी केन्द्रका लागी ६ हजार ५०० गरि जम्मा १ लाख ८४ हजार प्रदान गरिएको  छ । १ सय ३१ घरधुरीमा कुल लागत २ करोड ४१ लाख ४ हजार रहेको थियो । जसमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ४ मा ६७ वटा र जाजरकोट जिल्लाको नलगाड नगरपालिका ६ मा ६४ वटा आवास निर्माणको प्याकेज सम्पन्न गरी औपचारिक कार्यक्रमका बिच स्थानीय सरकारको रोहबरमा सम्बन्धित वडाका वडा अध्यक्षहरुलाई हस्तान्तरण गरिएको थियो ।

२१ माघ २०८०, आईतवार ०९:३७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्