१२ श्रावण २०८१, शनिबार

भेरी त्रिवेणीलाइ हराउदै शिव शंकर माविले उचाल्याे मेयर कपको उपाधी

कर्णाली अपडेट

जाजरकोट । भेरी नगरपालिकाले सञ्चालन गरेको अन्तर माद्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड एवं पाँचौं मेयर कपको उपाधी शिवशंकर माद्यामिक विद्यालय जगतिपुरले उचालेको छ ।

भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नामा माघ १७ गते देखि सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड एवं पाँचौं मेयर कपमा भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नालाई पछि पार्दै  जगतिपुरले उपाधी हात पारेको हो ।

जसले १५ स्वर्ण, ३ रजत, ३ कास्य गरी जम्मा १५ पदक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो । भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नाले ४ स्वर्ण, ७ रजत, ४ कास्य गरी १५ पदक प्राप्त गरी दृतिय स्थान प्राप्त गरेको छ भने, त्रिभुवन माद्यामिक विद्यालय खलंगाले ४ स्वर्ण , ४ रजत , ४ कास्य गरी जम्मा १२ पदक प्राप्त गरी तृतिय स्थान हासिल गरेको भेरी नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख अमृत पुनले जानकारी दिए ।

२२ माघ २०८०, सोमबार ०७:३८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्