१२ श्रावण २०८१, शनिबार

अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँच बारे बहु-सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न

कर्णाली अपडेट

जाजरकोट । अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँच बारे बहु-सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भएकाे छ । आइतबार पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारिमा नलगाड नगरपालिकामा सञ्चालन भइरहेको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुर्नस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि (AC–6) कार्यक्रम अन्तरर्गत नलगाड नगरपलिकामा अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँच बारे बहु-सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भएकाे पाँचतारा युवा संरक्षक मञ्चका परियोजना संयोजक गगन खड्काले बताए।

बहु सरोकारवालाहरुको समन्वय बैठक नलगाड नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना पहुँच वृद्धि कार्यक्रमको आर्थिक सहयोगमा बैठक सम्पन्न हो । बैठकमा महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखा द्धारा आर्थिक वर्ष २०७९ – २०८० मा भएका क्रियाकलापहरुको प्रगति तथा समिक्षा गरिएको थियो सो प्रस्तुतिकरण महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाका ज्योति रावलले गरेकि थिइन्। पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारिमा भेरी र नलगाड नगरपालिकामा सञ्चालन भएका क्रियाकलापहरुको प्रगति तथा समिक्षा गरिएको थियो सो प्रस्तुतिकरण पहुँच कार्यक्रमका परियोजना संयोजक गगन खड्काले गरेका थिए । त्यसै गरी अपाङ्गता, अपाङ्गता समावेशीकरण र पहुँच सम्बन्धि छलफल पनि गरिएको थियो सो प्रस्तुतिकरण ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनका प्राविधिक अधिकृत अग्निराज शाहीले गरेका थिए । बैठकको अध्यक्षता नलगाड नगरपालिकाका नगर प्रमुख तथा अपाङ्गगता समन्वय समितिका संयोजक डम्बर बहादुर रावलले गरेका थिए। बैठकमा अपाङ्गगता समन्वय समितिका सदस्यहरु ,नलगाड नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि , ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनका, अग्नीराज शाही ,पाँचतारा युवा संरक्षक वृद्धि कार्यक्रमका कर्मचारी सहित २४ जनाको सहभागिता रहेको थियो । बैठको सहजिकरण अपाङ्गता समन्वय समितिका सदस्य सुमन गौतमले गरेका थिए।

बैठकले जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा रहेका संरचना ,सेवा तथा अन्य स्थितीको लेखाजोखा गर्नको लागि पालिका स्तरीय ७ जना समिति सहने गरी पहुँच लेखाजोखा समिति गठन भएको छ । समितिको संयोजकमा वडान १ वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक धन बहादुर महर सदस्यहरुमा कार्यपालिका सदस्य तथा अपाङ्गगता समन्वय समितिका सदस्य सरिता बादी अपाङ्गगता समन्वय समितिका सदस्य मकर बहादुर खड्का ,सुमन गौतम ज्योति , रण बहादुर वली पाँचतारा युवा संरक्षण मञ्च ,जाजरकोट र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका ज्योति रावल रहेका छन् । समितिले नगरपालिकामा रहेका संरचना ,सेवा तथा अन्य स्थितीको लेखाजोखा गरि ३ महिना भित्र आफ्नो प्रतिवेदन पेश गरि सार्वजनिक गर्नेछ । बैठकलाई समापन गर्दै नगर प्रमुख डम्बर बहादुर रावतले नलगाड नगरपालिकामा अव निर्माण हुने संरचनाहरु अपाङ्गमैत्री बन्ने कुरा बताएकाे परियोजना संयोजक गगन खड्काले जानकारी दिए ।

२२ माघ २०८०, सोमबार ०७:५३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्