२६ बैशाख २०८१, बुधबार

बारेकाेटका २ सय १४ जना छात्रालाई आइरन चक्की वितरण

कर्णाली अपडेट

जाजरकोट । बारेकोट गाउँपालिका सबै सामुदायिक विद्यालयका किशोरावस्थाका ‘छात्राहरुलाई आइरन चक्की वितरण’ सुरु गरिएको छ ।
किशोरी तथा युवतीलाई रक्तअल्पता जस्ता समस्याबाट जोगाउनका लागि विद्यालयमा नै पुगेर आइरन चक्की खुवाउन सुरू गरिएको आधारभुत अस्पताल लिम्साका अनमी राममाया गिरीले बताइन ।
यस अभियान अन्तरर्गत हालसम्म बारेकोट गाउँपालिकाका २ सय १४ जना छात्रालाई आइरन चक्की वितरण गरिएको छ । कार्यक्रममा १० वर्षमाथि १९ वर्षसम्म उमेर समूहका किशोरी सहभागी हुनेछन् । नेपाल सरकारको पोषण कार्यक्रमअन्तर्गत विद्यालयका किशोरीलाई हप्तामा एक पटकका दरले १३ हप्ता आइरन खुवाइने छ ।

२२ माघ २०८०, सोमबार १२:१० मा प्रकाशित
Nabintech