१२ श्रावण २०८१, शनिबार

८ हजार ९७ लाभग्राही रहेकाे नलगाडमा ७ हजार बढि अस्थायी आवास निर्माण

अस्थायी आवासकाे लागि पहिलाे किस्ता वापतकाे रकम प्राप्त गर्न ९ सय ४७ जना लाभग्राही बाँकी

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा हालसम्म ७ हजार १ सय ५० जना लाभग्राहीले अस्थायी आवासका लागि पहिलो किस्ता बापतको रकम प्राप्त गरेका छन् । ८ हजार ९७ जना लाभग्राही मध्य अव ९ सय ४७ लाभग्राहीले मात्र पहिलो किस्ता बापतको रकम प्राप्त गर्न बाँकि रहेको नलगाड नगरपालिकाका सुचना अधिकारी जुना शाहीले बताइन् । त्यसैगरि नलगाडका १३ वटै वडाहरुमा गरि हालसम्म ७ हजार ८ सय ६८ वटा अस्थायी आवास निर्माण भएका छन् ।

विभिन्न संघ संस्था, राजनितिक दलका भातृ संगठन, सरकार र स्थानीय सरकारको सहयोगमा उक्त आवास निर्माण भएका हुन् । ८ हजार ९७ लाभग्राही मध्य अव २ सय २९ लाभग्राहीकोे मात्रै अस्थायी आवास निर्माण हुन बाँकी छ । गत कार्तिक १७ गते राती बारेकोट गाउँपालिकाको रामीडाँडालाई केन्द्रविन्दु वनाएर गएको ६ दशमलव ४ म्याग्नेच्यूटको भुकम्पले जाजरकोटमा मात्रै १ सय १ जनाको मृत्यु हुनका साथै ठुलो मात्रामा भौतिक क्षति भएको थियो ।

नलगाड नगरपालिका १ कल्पतमा निर्माण गरिएका अस्थायी आवास । तस्विर : मध्यमार्ग

२२ माघ २०८०, सोमबार १२:५४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्