२२ कार्तिक २०८२, शुक्रबार

जाजरकोटका खारा र मनघाटमा तत्काल बेलिब्रिज बन्ने , मन्त्री सिंहले बुझे

कर्णाली अपडेट

सुर्खेत । जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । नलगाड नगरपालिका, ५ र बारेकोट गाउँपालिका ८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका, १२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो। यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझ्नु भएको छ। अब ती सामान सम्बन्धित क्षेत्रमा पुर्‍याएर जडान गरिनेछ। ढिलोमा अबको ३ महिनाभित्र पुल जडान गरिसक्न मन्त्री सिंहले सम्बन्धित कार्यालयलाई निर्देशन दिनु भएको छ।

संघीय सरकारले उपलब्ध गराएको यी दुई थान पुलको सामान सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले मन्त्री सिंहलाई हस्तान्तरण गर्नुभयो। यी पुल जडान र ढुवानीको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्नेछ। यी दुई स्थानमा पक्की पुल बनेपछि बेलिब्रिज सडक डिभिजनलाई नै फिर्ता गरिनेछ । यी दुई स्थानमा पुल नहुँदा परेको समस्याबारे मन्त्री सिंहले पटक पटक संघीय सरकारलाई ध्यानाकर्षण गराउनु भएको थियो। ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई पटक पटक भेटेर ध्यानाकर्षण गराउनु भएको थियो ।

गएको असार अघि नै मनघाट र खारामा पुल जडानका लागि पहल गरेका थियौं । पटक पटक भेटघाट र छलफल गरेका थियौं, मन्त्री सिंहले भन्नुभयो, ञमाननीय ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्ति बस्नेतको विशेष पहल र माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको सहयोगले आज पुल प्राप्त भएको छ। अब सम्बन्धित क्षेत्रमा पुर्‍याएर ढिलोमा तीन महिनाभित्र जडान गरिसक्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। खारा खोलामा पक्की पुल निर्माणका लागि केही वर्ष पहिले नै ठेक्का लागिसकेको भएपनि ञविवादझका कारण बन्न सकेको छैन। उक्त पुलको विषय अहिले सर्वोच्च अदालत पुगेको छ।

२२ माघ २०८०, सोमबार १७:४५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्