१२ श्रावण २०८१, शनिबार

उत्कृष्ट उद्योग वाणिज्य पत्रकारिता पुरस्कारबाट पत्रकार बुद्धि पुन पुरस्कृत

कर्णाली अपडेट

सल्यान । सल्यान उद्योग वाणिज्य संघ सल्यानले यस बर्षको उत्कृष्ट उद्योग वाणिज्य पत्रकारिता पुरस्कारबाट पत्रकार बुद्धि पुनलाई पुरस्कृत गरेको छ । संघले स्थापना गरेको यस पुरस्कारले जिल्लामा एक दशक देखी क्रियाशिल पत्रकारिता गर्दै आउनुभएका पत्रकार पुनलाइ नगद सहित प्रमाणपत्रले पुरस्कृत गरेको हो ।

नेपाल पत्रकार महासंघ सल्यानका सहसचिव समेत रहनुभएका पत्रकार पुन रेडियो राप्ती एफ.एम., युगबोध राष्ट्रिय दैनिक, सल्यान टुडे लगाएतका सञ्चार माध्यममा कार्यरत हुनुहुन्छ । संघले जिल्लामा रहेर उद्योग, पर्यटन, कृषि, व्यापार तथा धार्मिक सांस्कृतिक क्षेत्रमा कलम चलाउदैँ आएका पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

यस्तै सल्यान उद्योग वाणिज्य संघका पे्रेस सल्लाहकार आशिष केसी, कानुनी सल्लाहकार डम्बर बहादुर वली लगाएतकालाई पनि सम्मान गरेको छ ।

२२ माघ २०८०, सोमबार २१:३१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्