१२ श्रावण २०८१, शनिबार

कृषि तथा पशुपन्छी ऐन, पास गर्दै शिवालय गाउँपालिकाको १३ औँ गाउँ  सभा सम्पन्न

कर्णाली अपडेट

जाजरकोट । शिवालय गाउँपालिकाको १३ औँ गाउँ  सभाले स्थानीय कृषि तथा पशुपन्छी ऐन, २०८० पास गरेको छ । पालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई ब्यवस्थित तरीकाले प्राथमिकताको आधारमा वितरण गर्ने र कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको ब्यवस्था मिलाउन उदेश्यले पहाडी क्षेत्र विकास अभियानको सहजिकरणमा शिवालय गाउँपालिकाले  गाउँ सभाबाट कृषि तथा पशुपन्छी ऐन पास गरेको हाे ।

सेभ द चिल्ड्रेनको श्रोत साझेदारीमा संचालित अवसर दोश्रो परियोजना अन्तर्गत पहाडी क्षेत्र विकास अभियानले कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको ब्यवस्था मिलाउन यस अभ्यासमा प्रकृया सहजिकरण गरेको थियो ।

नेपालको संविधान प्रद्धत्त किसानको मौलिक हक र नागरिकको खाद्य सम्प्रभुता एवं खाद्य सम्बन्धी हकको सुनिश्चितता र समग्र किसानको सशक्तिकरण गर्दै कृषि प्रणाली तथा यसको मुल्य शृंखलामा सुशासन कायम गर्न; कृषि प्रणालीलाई दिगो साथै यस क्षेत्रमा समतामुलक विकासको अभ्यास गर्नको लागि स्थानीय सरकारसंग मिलि स्थानीय कृषि नीति तर्जुमा तथा कार्यन्वयनमा अवसर दोश्रो परियोजनाबाट सहजीकरण भैरहेको परियोजना संयोजक बिष्णु पन्थले बताउनुभयो ।

शिवालय कृषि शाखा प्रमुख विश्वामित्र खनालले स्थानीय सरकारले किसानको हक र कृषि हितमा काम गरिरहेको छ र यो ऐनले कृषि सेवा व्यवस्थित हुने, जोखिममा रहेका किसानलाई सेवा पहुँचमा अग्राधिकारको आधार तय गर्ने साथै किसानलाई सेवा सुविधा साथै सामाजिक सुरक्षाको अभ्यास गर्नको लागि सरकारलाई सहयोग गर्ने बताउनुभयो ।

कृषि पेशालाई मर्यादित बनाउन र किसान अधिकार सुनिस्चित गर्न, किसानको वर्ग अनुसार सेवा सुबिधा प्रदान गर्न, अनुदान र वितरणको सहज बनाउन यो ऐनले बाटो खोलेको र शिवालय गाउँपालिकाले आलु, माछा, चिया, कफीको व्यवसायीकरणमा अन्य कृषि वस्तु संगै प्राथमिकतामा राखेर अगाडी बढेको पालिका प्रमुख शेर बहादुर शाही ज्यूले बताउनुभयाे।

२७ माघ २०८०, शनिबार ०९:२३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्