१२ श्रावण २०८१, शनिबार

महाकाली देखि मेची सम्म खाली खुट्टा दाैडिदै जाजरकाेटका अमृत

कर्णाली अपडेट

जाजरकाेट   धावक अमृत बस्नेतले जाजरकोटका लागि खाली खुट्टा दाैडिएका छन् । चार पटक खाली खुट्टा दौडिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका धावक अमृत बस्नेतले जाजरकोट भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको स्मृतिमा महाकाली मेची एक्लै खाली खुट्टा दाैडिएका हुन् । उनले यो दौड ‘शोकका लागि दौड‘ भन्ने नाराका साथ उनले दाैड सुरु गरेकाे हुन् ।

काठमाडौंमा बसोबास गर्दै आएका जाजरकोट निवासी धावक अमृत बस्नेतले खाली खुट्टा दौडिएर चार पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नेपालकाे नाम काेरी धावक अमृतकाे याे एकल खाली खुट्टा दौडकाे उद्देश्य भने जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरुको परिवारलाई साहयता  र समर्पण गर्नु रहेकाे उनले बताए ।

amrit-bsnet1707631207.jpg

यस दाैडकाे लम्बाई कुल १ हजार ५० किलोमिटर रहेकाे छ । उनले अहिलेसम्म पाँच सय किलोमिटर दाैड पूरा गरेका छन् । अब ५ सय ५० किलोमिटरकाे दुरी दाैड्न बाँकी रहेकाे छ । उनको दौडअनुसार  फागुन ६ गते,१० औँ दिनमा  याे दाैड सम्पन्न हुने अपेक्षा गरिएकाे छ ।

आज उनकाे छैटाैँ दिन नारायणघाटदेखि बारा जिल्लातर्फ दाैड यात्रा सुरु भएकाे छ । हालसम्म उनले स्थानीय सरकार, संघ संस्थाबाट कुनै पनि सहयाेग नपाएकाे उनले बताए । दाैडकाे यात्रामा सबैबाट साथ  र सहयाेगकाे अपेक्षा गरेका छन् ।

२८ माघ २०८०, आईतवार १२:३१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्