२७ बैशाख २०८१, बिहीबार

सुर्खेतको ब्राइटल्याण्ड स्कुलमा फुडफेस्टिवल

कर्णाली अपडेट

सुर्खेत सुर्खेतको एक विद्यालयमा फुडफेस्टिवल कार्यक्रम आयोजना गरिएको छ । वीरेन्द्रनगर ११ पिपीरामा रहेको ब्राइटल्याण्ड सेकेण्डरी स्कुलमा विद्यार्थीहरुको अग्रसरतामा स्थानीय खानाको परिकार सहित फेस्टिवल कार्यक्रम गरिएको हो । वीरेन्द्रनगर नगरपालिका वडा न. ११ का वडाध्यक्ष खिमलाल देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न खानाको परिकार सहित १२ वटा स्टल राखिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष देवकोटाले विद्यार्थीलाई पढाइ मात्र नभई चौतर्फी ज्ञानको विकास गराउनमा स्कुलले गरेको फुडफेस्टिवलले धेरै सहयोग गरेको बताए । यस्तै कार्यक्रमका विशेष अतिथि प्याव्सन कर्णाली प्रदेश अध्यक्ष खड्क कुवँरले बालबालिकालाई पढाई सँगै अतिरिक्त क्रियाकलापले सिकाई प्रक्रिया सहज हुने भन्दै अन्य विद्यालयले समेत यस्ता कार्यक्रमको अनुसरण गर्नुपर्ने बताए। बालबालिकालाई पढाई मात्र नभई व्यावसायीक ज्ञानको विकास हुने भन्दै अध्यक्ष कुवरले फुडफेस्टिवल कार्यक्रमले फास्टफुड खान हुदैन भन्ने कुराको समेत ज्ञान दिएको बताए ।

कक्षा १२ सम्म संचालनमा रहेको विद्यालयका विद्यार्थीहरुले विद्यालयमै तयार पारेका खाजाका परिकारहरु फेस्टिवलमा प्रर्दशनी गरिएको छ । फेस्टिवलमा विद्यालयका विद्यार्थीहरुको समुहले छुट्टाछुट्टै रहेका स्टलका खानाका परिकारहरु छिमेकी विद्यालयका विद्यार्थी एवम अभिवावकले खाएका छन् । विद्यार्थीको अगुवाइमा कुपन मार्फत विभिन्न खाजाका परिकारहरु अभिभावक एवम विद्यार्थीले किनेर खाएका छन् । फेस्टिवलमा रहेका स्टलहरुका खाजा विक्रि मार्फत धेरै कुपन संकलन गर्ने स्टललाई बार्षिक उत्सव कार्यक्रममा पुरस्कृत गर्ने विद्यालयका प्रिन्सिपल माधव भण्डारीले बताए । विद्यार्थीलाई कितावी ज्ञान मात्र नभएर अतिरिक्त क्रियाकलय मार्फत सिकाई प्रभावकारी बनाउनका लागि फेस्टिवल कार्यक्रम आयोजना गरिएको विद्यालयका फाउण्डर वालदिप कंडेलले जानकारी दिए । फेस्टिवलमा संस्थागत एवम सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुले स्टलको अवलोकन र परिकार खाएका थिए । कार्यक्रममा विद्यार्थीहरुले निरन्तर सांगीतिक प्रस्तुतिहरु देखाएका थिए ।

२८ माघ २०८०, आईतवार १९:०४ मा प्रकाशित
Nabintech