१२ श्रावण २०८१, शनिबार

भुकम्प प्रभावित क्षेत्र भेरी नगरपालिकामा ३० जना स्वयंसेवक परिचालन

कर्णाली अपडेट

जाजरकाेट । जिल्ला प्रशासन कार्यालय जाजरकोट ह्याविट्याट फर हिमानिटी नेपाल र निड्स नेपालको समन्वयमा भुकम्प प्रभावित क्षेत्र भेरी नगरपालिकामा Habitat Young Leaders Build अभियान सुरु भएको छ । अभियानमा करिव ३० जना युवा युवती स्वयंसेवी परिचालन गरिएकोे छ । करिव तीन दिन सम्म चल्ने अभियानमा भुकम्पबाट बढी प्रभावित क्षेत्र भेरी नगरपालिका ३ मा भत्किएका घरहरु पन्छाउने, अस्थायी संरचनाहरु निर्माणमा सहयोग गर्ने छन् ।

यो सँगै अभियानले युवाहरुलाई घर निर्माण, समाजिक सञ्जाल मार्फत अनलाइन सचेतना जगाउने, दिगो शहरहरु र समुदायहरुको वकालत गर्न नेतृत्व लिन उत्प्रेरित गर्नुका साथै स्वयंमसेवी गतिविधिहरु घर निर्माण, सामुदायिक सुविधा मर्मत, पानी, सरसफाई, स्वच्छता परियोजनाहरु मा सचेतना बढाउने काम गर्ने आयोजकले बताएको छ । अभियानमा ६० प्रतिशत महिलाहरुको पतिनिधित्व रहेको छ ।

१ फाल्गुन २०८०, मंगलवार १९:३१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्