८ चैत्र २०८१, शनिबार

जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

भे २ त १६७३ नम्बरको ट्याक्टर भेरी नगरपालिका १ कालेगाउँ बराको थान नजिकै भएको दुर्घटनामा परि छेडागाड नगरपालिका ५ का वर्ष १८ का बालकृष्ण परियार, भेरी नगरपालिका ४ रानागाउँका वर्ष २१ का प्रकाश बादी, कुशे गाउँपालिका ५ खुर्पाका वर्ष २५ का भीम परियार र भेरी नगरपालिका ६ का धर्मराज खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

खलङ्गाबाट निर्माण सामाग्री लगेर कालेगाउँ तर्फ जाँदै गरेको ट्याक्टर अन्दाजी बिहान ८:३५ बजेको समयमा ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको हो । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ, भने घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

२१ फाल्गुन २०८१, बुधबार १०:४४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्