६ माघ २०८२, सोमबार

जाजरकोटको जुनिचादेमा अपांगता भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर, ९४ जनालाई सहायता सामग्री हस्तान्तरण

कर्णाली अपडेट

जाजरकोट । अपांगता भएका व्यक्तिहरूलाई लक्षित गर्दै जाजरकोटको जुनिचाँदे गाउँपालिकामा विशेष स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। शिविरमा ११९ जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने ९४ जनालाई विभिन्न सहायता सामग्रीहरू हस्तान्तरण गरिएको छ।

ह्यान्डिक्याप इन्टरनेशनलसँगको साझेदारीमा सञ्चालित ‘पहुँच वृद्धिका लागि परियोजना’ अन्तरगत र स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको समन्वयमा यो शिविर आयोजना गरिएको हो।

शिविरको उद्देश्य ग्रामीण भेगका अपांगता भएका व्यक्तिहरूको पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउनु रहेको आयोजक संस्थाले जनाएको छ।

स्थानीय तहमा अपांगता भएका नागरिकहरूका लागि पहुँचयुक्त सेवा सुनिश्चित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने पाँचतारा युवा संरक्षक मंञ्च जाजरकोटका अध्यक्ष छवि पन्तले बताउनु भयो ।

२१ जेष्ठ २०८२, मंगलवार १५:१८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्