६ माघ २०८२, सोमबार

भेरी नगरपालिकामा सरसफाइ सप्ताह अन्तर्गत बक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

कर्णाली अपडेट

जाजरकोट । राष्ट्रिय सरसफाइ सप्ताह २०८२ को अवसरमा भेरी नगरपालिका, जाजरकोटमा विविध कार्यक्रमहरूको आयोजना गरिएको छ।

खानेपानी, सरसफाइ तथा स्वच्छता इकाई शाखाको आयोजनामा “सुरक्षित सरसफाइमा समावेशिता, हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ श्री भैरव माध्यमिक विद्यालय, भुरचौरमा आज विशेष कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम अन्तर्गत “महिनावारी लाज होईन, चेतनाको विषय हो” भन्ने शीर्षकमा बक्तृत्वकला प्रतियोगिता तथा खानेपानी, सरसफाइ तथा स्वच्छता विषयमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेहरूलाई पुरस्कार स्वरूप शैक्षिक सामाग्री र स्वास्थ्य सामाग्री हरू वितरण गरिएको थियो ।

बक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूले महिनावारीलाई खुला रूपमा छलफल गर्ने संस्कारको विकास आवश्यक रहेको, यसबारे जनचेतना फैलाउन शिक्षण संस्थाले अग्रसरता लिनुपर्ने जस्ता महत्वपूर्ण विचार प्रस्तुत गरेका थिए। हाजिरीजवाफ प्रतियोगितामा खानेपानी, सरसफाइ, संक्रमणजन्य रोगहरूको रोकथाम, र व्यक्तिगत सरसफाइका उपायहरू जस्ता विषयमा प्रश्नोत्तर गरिएको थियो।

२४ जेष्ठ २०८२, शुक्रबार १८:३४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्