जाजरकोट । नलगाड नगरपालिका–३ कट्के गाउँको तुसारखोली खानेपानी आयोजनामा रकम हिनामिना गरेको पाइएको छ ।
आयोजनाको निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष शेर बहादुर परियार, सचिव कौशी बहादुर थापा लगायतका उपभोक्ता समितिका पदाधिकारीहरूले काम गरेको भन्दा बढी दिनको डोर हाजिर, वडामै नभएका फर्जी व्यक्तिहरू समितिमा राखी रकम हिनामिना गरेको पाइएको छ ।
जसमा यमुना पुन, बिपना रोकाय, पूर्ण बहादुर नेपाली र अबिर बुढा सो वडाका स्थानीय नभए पनि उनीहरूको नामबाट ८५ हजार १ सय रुपैयाँ उपभोक्ता समितिले नक्कली भरपाई बनाएर भुक्तानी भएको तत्थ्य सार्वजनिक भएको छ । त्यसै गरी पोस्ते परियार, नन्दलाल परियार, वीर बहादुर परियारको कृते हस्ताक्षर गरी रकम हिनामिना गरेको भेटिएको हो ।
हेर्नुहोस भरपाई
पोस्ते परियारले औँठाछाप गरी ३ हजार बुझेकोमा पुनः उहाँकै नामबाट कृते हस्ताक्षर गरी २४ हजार, भगवती परियारले पनि ३ हजार रकम बुझेकोमा २५ हजार ७ सय, काशीराम परियारको ३ हजार ५ सयमा १८ हजार ८ सय, धनसरा परियारको ३ हजार ६ सय मध्य १७ हजार ५ सय, नन्दलाल परियारको १२ हजार मध्य २० हजार ९ सय, मुहानी दमाईको ३ हजार ६ सय मध्य १५ हजार २ सय र वीर बहादुर दमाईले १४ हजार रकम बुझेकोमा २९ हजार २ सय रकम, रतन बुढाको ७ हजार ३ सय, मा २१ हजार ९ सय, बल बहादुर पुनको ५ हजार रकम मध्य २४ हजार ३ सय रकम उपभोक्ता समितिका पदाधिकारीहरूले कृते गरी बुझेको भरपाई सार्वजनिक भएको छ ।
त्यसैसरि समितिका अध्यक्ष, शेर बहादुर परियार , सचिव काैशि बहादुर थापा र स्थानीय जनप्रतिनिधि मिलेर गत आ.व २०७८÷२०७९ को बजेटमा रही काम गर्दा उपभाेक्ताले जनश्रमदान गरी बचाएको १ लाख ४९ हजार रुपैयाँ हिनामिना गरी अपचलन राधिका खड्काले आरोप लगाउनु भयो । उनीहरूलाई रकम अपचलन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय जाजरकोटमा मुद्दा दर्ता गरिएको स्थानीय टीकाराम रोकाले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटमा दर्ता गरिएको निवेदन हेर्नुहोस् ।