६ माघ २०८२, सोमबार

जाजरकोटमा एक वर्षमा २४ सय बढी सवारी साधन कारबाहीमा, १७ जनाको ज्यान गयो

कर्णाली अपडेट

जाजरकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका अनुसार २०८१ साउन  देखि २०८२ बैशाख मसान्तसम्मको अवधिमा २ हजार ४ सय ९ सवारी साधन ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाहीमा परेका छन्।

ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट ट्राफिक प्रहरीले २४ लाख ९१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ।

उक्त अवधिमा जिल्लामा सवारी दुर्घटनाको दर पनि उल्लेख्य देखिएको छ। ट्राफिक कार्यालयका अनुसार विभिन्न ५८ वटा सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका छन् भने १ सय ६० जना घाइते भएका छन्।

ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारी चलाउने, मदिरा सेवन गरी सवारी सञ्चालन गर्ने, अनियन्त्रित सडक तथा जोखिमयुक्त मोडमा सावधानी नअपनाउने जस्ता कारणले दुर्घटना बढिरहेको जनाएको छ।

जिल्ला ट्राफिक प्रमुखले नियमित अनुगमन, जनचेतनामूलक कार्यक्रम र कडाइका साथ नियम कार्यान्वयनमार्फत दुर्घटनाको दर घटाउने लक्ष्य लिएको बताएका छन्।

२६ जेष्ठ २०८२, आईतवार १५:१४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्