४ फाल्गुन २०८२, सोमबार

जनताहरू कांग्रेसलाई मत दिन आतुर छन् : उम्मेदवार खडकबहादुर बुढा

कर्णाली अपडेट

जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका उम्मेदवार खडकबहादुर बुढाले जिल्लाका मतदाताहरू कांग्रेसलाई मत दिन आतुर रहेको दाबी गरेका छन्। आइतबार नलगाड नगर कार्यसमितिले आयोजना गरेको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बुढाले जाजरकोटका जनताले परिवर्तन चाहेकाले कांग्रेसप्रति आकर्षण बढेको बताए।

उनले आगामी निर्वाचनमा नेपाली कांग्रेस देशभरबाट विजयी भई पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरे। उम्मेदवार बुढाले तत्कालीन माओवादीका उपमहासचिव शक्ति बस्नेतप्रति आलोचना गर्दै धेरै पटक चुनाव जितेर पनि जाजरकोटको विकासमा उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए। ‘जनताले पटक–पटक अवसर दिँदा पनि अपेक्षित काम हुन सकेन,’उनले भने, ‘अब जनताले कांग्रेसलाई बहुमत दिएर देशभरबाट पहिलो पार्टी बनाउनेछन्।

‘ उम्मेदवार बुढाले आफू निर्वाचित भएमा जाजरकोटका दीर्घकालीन समस्याहरू समाधान गर्न ठोस योजना बनाइसकेको पनि बताए। साथै आफू युवा नेता भएकाले चुनाव जित्नेमा ढुक्क रहेको दाबीसमेत गरे। कार्यक्रममा समानुपातिक सांसद हजारी नेपालीले अन्य दलहरूले अल्पसंख्यक, दलित र महिलालाई अगाडि नल्याएको आरोप लगाउँदै नेपाली कांग्रेसले समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिएको बताइन्।

उनले आफू निर्वाचित भएमा जाजरकोटका समस्या जस्ताको तस्तै सिंहदरबारसम्म पुर्‍याउने प्रतिबद्धता जनाइन्। ‘हामी युवा, दलित, महिला र जाजरकोटका सबै एजेन्डा बोकेर आएका छौँ,’ उनले भनिन्, ‘पैसा होइन, एजेन्डा हेरेर मतदान गर्नुहोस् ।,’

१९ माघ २०८२, आईतवार १८:४५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्