४ मंसिर २०८३, बिहीबार

जाजरकोटको चुनावी खेल: कमजोर उम्मेदवार कि रणनीतिक चाल? शक्ति बस्नेतको सिट सुरक्षित बनाउने गुप्त समीकरण”

जाजरकोटको चुनावी खेल: कमजोर उम्मेदवार कि रणनीतिक चाल? शक्ति बस्नेतको सिट सुरक्षित बनाउने गुप्त समीकरण!”

कर्णाली अपडेट

जाजरकोट । जाजरकोट जिल्लामा पछिल्लो राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै दलहरूबीच रणनीतिक चलखेल सुरु भएको छ। विशेषगरी शक्ति बस्नेतको सिट सुरक्षित बनाउने उद्देश्यले प्रमुख दलहरू कमजोर उम्मेदवार अगाडि सारिएको चर्चा स्थानीय तहमा व्यापक छ।

राजनीतिक वृत्तमा गरिएको विश्लेषणअनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको आन्तरिक समीकरणले प्रतिस्पर्धालाई प्रभाव पार्ने संकेत देखिएको छ। कांग्रेसबाट पहिलो स्थानीय तह निर्वाचनमा शिवालय गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका खड्क बिसी पराजित भएका थिए। त्यसैगरी २०६४ सालको संविधानसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेका डम्बर सिंह तथा त्यसपछिको प्रदेश निर्वाचनमा पनि उम्मेदवार बनेका उनले दुई पटक हार व्यहोरेका थिए। यस्ता पृष्ठभूमिका उम्मेदवार पुनः अगाडि सारिनु रणनीतिक चाल हुनसक्ने आकलन गरिएको छ।

जाजरकोटका स्थानीय तहहरूमा दलगत संरचना हेर्दा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी सबैको संगठनात्मक उपस्थिति देखिन्छ। वडा तहदेखि पालिका तहसम्म कांग्रेस र एमालेको परम्परागत प्रभाव कायम रहे पनि माओवादी केन्द्रको ग्रामीण भेगमा पकड बलियो मानिन्छ। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले शहरी तथा युवा मतदातामाझ प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यदि विपक्षी दलहरूबीच मत विभाजन भयो भने त्यसको प्रत्यक्ष लाभ माओवादी केन्द्रका नेता शक्ति बस्नेतलाई पुग्न सक्छ। तर स्थानीय स्तरमा गठबन्धन,  जनमतको लहरले अन्तिम परिणाम निर्धारण गर्नेछ।

जाजरकोटको चुनावी परिदृश्य अहिले सतहमा देखिएभन्दा धेरै जटिल छ—जहाँ व्यक्तिगत प्रभाव, दलगत समीकरण र रणनीतिक उम्मेदवारी सबैले निर्णायक भूमिका खेल्नेछन्।

११ फाल्गुन २०८२, सोमबार ०८:१० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्