४ मंसिर २०८३, बिहीबार

रिम्ना बजार सरसफाइ सुदृढ गर्न छमेक लघुवित्तद्वारा डस्टबिन हस्तान्तरण

कर्णाली अपडेट

जाजरकोट । सामुदायिक सरसफाइ तथा वातावरण संरक्षण अभियानलाई सुदृढ बनाउने उद्देश्यले छमेक लघुवित्त वित्तिय संस्था जाजरकोट शाखाले रिम्ना बजार व्यवस्थापन समितिलाई डस्टबिन हस्तान्तरण गरेको छ। बजार क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न आवश्यक संख्यामा डस्टबिन उपलब्ध गराइएको हो।

हस्तान्तरण कार्यक्रममा अनुगमन अधिकृत तपेन्द्र साउद, शाखा प्रमुख मान बहादुर राना, चौरजहारी शाखा प्रमुख होमनाथ शर्मा बजार व्यवस्थापन समितिका अध्यक्ष दीपक परियारलगायत स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो। शाखा प्रमुख रानाले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई संस्थाले प्राथमिकतामा राखेको बताउँदै बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

समिति अध्यक्ष परियारले सहयोगप्रति आभार व्यक्त गर्दै डस्टबिनको प्रभावकारी प्रयोग र नियमित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा सहभागीहरूले ‘हाम्रो बजार, हाम्रो जिम्मेवारी’ भन्ने भावनासहित सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

१६ फाल्गुन २०८२, शनिबार १६:४४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्