४ मंसिर २०८३, बिहीबार

गणतन्त्र दिवसको अवसरमा खलंगा बजार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन

कर्णाली अपडेट

जाजरकोट । गणतन्त्र दिवसको अवसर पारेर जाजरकोट सदरमुकाम खलंगा बजार क्षेत्रमा वृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ । जिल्ला समन्वय समिति जाजरकोटको अगुवाइमा सञ्चालन गरिएको सरसफाइ अभियानअन्तर्गत बजार क्षेत्रका विभिन्न स्थानमा सरसफाइ गरिएको हो ।

सरसफाइ अभियान तल्लो थाप्ले, ठाँटी, गैरीखाली हुँदै शान्तिचौतारा बसपार्क क्षेत्रसम्म सञ्चालन गरिएको थियो । सार्वजनिक स्थल, सडक किनारा तथा बजार क्षेत्रलाई सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

अभियानमा जिल्ला समन्वय समिति प्रमुख काली बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

गणतन्त्र दिवसको अवसरमा सञ्चालन गरिएको यस अभियानले स्वच्छ, सफा र व्यवस्थित बजार निर्माणका साथै नागरिकमा सरसफाइप्रति सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।

१४ जेष्ठ २०८३, बिहीबार १४:३१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्