४ मंसिर २०८३, बिहीबार

विश्व वातावरण दिवस २०२६ : जाजरकोटमा मालिका मन्दिर परिसरमा करिब १०० बिरुवा रोपेर मनाइयो

कर्णाली अपडेट

जाजरकोट । विश्व वातावरण दिवस २०२६ को अवसरमा डिभिजन वन कार्यालय जाजरकोटले वृक्षारोपण कार्यक्रम आयोजना गर्दै धार्मिक, वातावरणीय तथा सौन्दर्यमूलक महत्व बोकेका विभिन्न प्रजातिका बिरुवा रोपेर दिवस मनाएको छ।

मालिका मन्दिर परिसरमा आयोजित कार्यक्रम डिभिजन वन अधिकृतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए, भने जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, गैरसरकारी महासंघ जाजरकोटका प्रतिनिधि, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत पिपल, स्वामी, बेल, श्रीखण्ड, कल्की, टिमुर लगायत धार्मिक तथा सौन्दर्यमूलक महत्वका करिब १०० वटा बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा प्राकृतिक सम्पदाप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रमले वातावरणीय चेतना फैलाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

वृक्षारोपण कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण केवल एक दिवसमा सीमित नभई दैनिकीसँग जोडिएको साझा दायित्व भएको उल्लेख गर्दै हरियाली संरक्षणमा सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

२२ जेष्ठ २०८३, शुक्रबार २०:२७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्