४ मंसिर २०८३, बिहीबार

जाजरकोट प्रहरीद्वारा ‘यात्रु सुरक्षा मार्गदर्शन’ जारी: दुर्घटना र जोखिम न्यूनीकरणमा जोड

कर्णाली अपडेट

जाजरकोट । जिल्ला प्रहरी कार्यालय, जाजरकोटले यात्रुलाई सुरक्षित, व्यवस्थित र जिम्मेवार यात्रा गर्न प्रेरित गर्ने उद्देश्यले ‘यात्रु सुरक्षा मार्गदर्शन’ जारी गरेको छ।

सम्भावित सडक दुर्घटना, अपराध तथा विपद्जन्य जोखिम न्यूनीकरण गर्ने मुख्य लक्ष्यका साथ प्रहरीले यो जनचेतनामूलक मार्गदर्शन ल्याएको हो।

जाजरकोटको भौगोलिक विकटता, घुमाउरा सडक र वर्षायाममा हुन सक्ने पहिरो लगायतका जोखिमलाई मध्यनजर गर्दै यो मार्गदर्शन तयार पारिएको छ।

यसले यात्रु, चालक र यातायात व्यवसायीलाई आवश्यक सुरक्षा सचेतना प्रदान गर्ने लक्ष्य राखेको छ। मार्गदर्शनमार्फत सुरक्षित यात्रा सम्बन्धी जानकारी प्रवाह, ट्राफिक नियमको पालना र आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराइनेछ।

साथै, यात्राका क्रममा कुनै पनि जोखिम, असहज परिस्थिति वा अपराधको सम्भावना देखिएमा समयमै प्रहरीसँग समन्वय गर्न समेत सुझाइएको छ।

जिल्ला प्रहरी कार्यालयले ‘सुरक्षित यात्रा साझा जिम्मेवारी हो’ भन्ने कुरामा जोड दिँदै यस अभियानमा सबै पक्षलाई गम्भीर हुन अपिल गरेको छ।

प्रहरी, चालक, यातायात व्यवसायी र यात्रु सबैको सक्रिय सहकार्य र जिम्मेवारीबोधबाट मात्र जाजरकोटको सडक यात्रालाई पूर्ण रूपमा सुरक्षित बनाउन सकिने प्रहरीको विश्वास छ।

१८ असार २०८३, बिहीबार ०८:२७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्